‘संविधान कार्यान्वयनको बाटोमा अघि बढेको छ, जनअपेक्षा पुरा हुनेमा आशावादी छु’ : प्रथम राष्ट्रपति यादव

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ पौष २६, बिहिबार (६ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

पौष २६, दाङ । पूर्व राष्ट्रपति रामवरण यादले राष्ट्रिय एकता कसरी गर्ने भन्ने चिन्ता भएको बताएका छन् ।

दाङको टरीगाउँ विमान स्थलमा रिपोर्टर्स क्लब दाङले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले समाजिक सद्भाव र देशको एकताका लागि सधै चिन्ता लाग्ने गरेको बताएका हुन् । ‘मेरो प्रायोटी भनेको देशको एकतालाई कसरी कायम राख्ने, समाजिक सद्भाव कसरी जोड्ने नै हो,’ पूर्व राष्ट्रपति यादवले भने, जातिय, क्षेत्रीय कुरामा समन्वय गर्ने र राष्ट्रिय एकता कायम गर्ने हो ।’

संविधान मार्फत देशमा देखिएको समस्या समाधान गर्नु पर्ने बताउँदै उनले संविधान, कार्यान्वयनको बाटो अघि बढेकोले जनअपेक्षा पुरा हुनेमा आशा बादी रहेको बताए । केहि समय अघि आफु चिकित्सा क्षेत्रमा फर्कीने भन्ने कुरा गलत भएको भन्दै उनले उमेर, स्वास्थ्य अवस्था र पदीय दृष्टिकोणले पनि नफर्किने बताए । दाङको घोराही स्थित शान्ति सुधा आवासीय माध्यामिक विद्यालयको रजत जयन्तीका अवसरमा पूर्व राष्ट्रपति यादव दाङ आएका हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस