सातवटै प्रदेशमा रोजगार संयोजकको प्रारम्भिक नतिजा सार्वजनिक (सुचीसहित)

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ माघ २९, मंगलबार (६ साल अघि)
  • २४ पटक पढिएको
Post Thumbnail

माघ २९,काठमाडौँ । सरकारले ल्याउन लागेको प्रधानमन्त्री रोजगार कार्यक्रमको लागि आवश्यक तयारी गरिरहेको छ । केन्द्र देखि स्थानिय तह सम्म नै बेरोजगारीको अवस्था तथ्याङ्कमा आधारित भएर संकलन गर्न विभिन्न स्थानमा शाखा अधिकृत र नायव सब्बा सरहको रोजगार संयोजक नै नियृक्त गरेर काम अघि बढाउन लागिएको हो । जसमा सातैवटा प्रदेशमा रोजगार संयोजकको लागी नागरिकले आवेदन दिएका छन । आवश्यक सिट संख्याभन्दा पाँच गुणा भन्दा बढीले रोजगार संयोजकको लागी आवेदन दिएका छन । रोजगार संयोजक पदका लागि माग गरिएको पदको तीन गुणाले हुन आउने उम्मेदवारहरुको प्रदेशगत रुपमा तयार प्रारम्भिक योग्यताक्रमको सुची स्वचालित कम्प्युटर प्रणालीबाट उम्मेदवारले प्राप्त गरेको नम्वर सहित प्रकाशन गरिएको छ। मन्त्रालयले प्रदेश अनुसार छोटो सूचीमा पर्ने उम्मेदवारको नाम सार्वजनिक गरेको हो । सबै उम्मेदवारको सीप परीक्षा भने पुल्चोक इन्जिनियरिङ कलेजमा हुने मन्त्रालयले जनाएको छ । परीक्षा फागुनको ११ र १२ गते हुने पनि मन्त्रालयले जनाएको छ ।

प्रदेश १

आवेदन दिने २१ सय ६४ मध्ये प्रदेश १ मा प्रारम्भिक योग्यता सुचीमा शाखा अधिकृत सरह ३ सय ९० जना समावेश भएका छन । यहाँ शाखा अधिकृत सरह आवश्यक सिट संख्या १ सय ३० रहेको छ । नायव सुब्बा सरह १५ सय १ आवेदक मध्ये ५१ जना योग्यता सुचीमा समावेश भएका छन । प्रदेश नम्बर १ मा नायब सुब्बा सरहको सिट संख्या ७ जना रहेको छ ।

सुची हेर्न यहाँ क्लिक गर्नुहोला ।

शाखा अधिकृत

नायव सुब्बा

प्रदेश २

आवेदन दिने ३६ सय ४७ मध्ये प्रदेश २ मा प्रारम्भिक योग्यता सुचीमा शाखा अधिकृत सरह ४ सय ८ जना समावेश भएका छन । यहाँ शाखा अधिकृत सरह आवश्यक सिट संख्या १ सय ३६ जना रहेको छ ।

सुची हेर्न यहाँ क्लिक गर्नुहोला ।

शाखा अधिकृत

प्रदेश ३

आवेदन दिने ३१ सय ४९मध्ये प्रदेश ३ मा प्रारम्भिक योग्यता सुचीमा शाखा अधिकृत सरह ३ सय ३७ जना समावेश भएका छन । यहाँ शाखा अधिकृत सरह आवश्यक सिट संख्या १ सय १२ जना रहेको छ । नायव सुब्बा सरह १८ सय ४५ आवेदक मध्ये २२ जना योग्यता सुचीमा समावेश भएका छन । प्रदेश नम्बर ३ मा नायब सुब्बा सरहको सिट संख्या ७ जना रहेको छ ।

सुची हेर्न यहाँ क्लिक गर्नुहोला ।

शाखा अधिकृत

नायव सुब्बा

गण्डकी प्रदेश

आवेदन दिने १ हजार १० मध्ये गण्डकी प्रदेशमा प्रारम्भिक योग्यता सुचीमा शाखा अधिकृत सरह २ सय २२ जना समावेश भएका छन । यहाँ शाखा अधिकृत सरह आवश्यक सिट संख्या ७४ जना रहेको छ । नायव सुब्बा सरह ९ सय ४५ आवेदक मध्ये ३३ जना योग्यता सुचीमा समावेश भएका छन । गण्डकी प्रदेशमा नायब सुब्बा सरहको सिट संख्या ११ जना रहेको छ ।

सुची हेर्न यहाँ क्लिक गर्नुहोला ।

शाखा अधिकृत

नायव सुब्बा

प्रदेश नम्बर ५

आवेदन दिने २२ सय ७३ मध्ये गण्डकी प्रदेशमा प्रारम्भिक योग्यता सुचीमा शाखा अधिकृत सरह ३ सय २७ जना समावेश भएका छन । यहाँ शाखा अधिकृत सरह आवश्यक सिट संख्या १ सय ९ जना रहेको छ ।

सुची हेर्न यहाँ क्लिक गर्नुहोला ।

शाखा अधिकृत

कर्णाली प्रदेश

आवेदन दिने १९ सय ९० मध्ये कर्णाली प्रदेशमा प्रारम्भिक योग्यता सुचीमा शाखा अधिकृत सरह ५२ जना समावेश भएका छन । यहाँ शाखा अधिकृत सरह आवश्यक सिट संख्या १७ जना रहेको छ । नायव सुब्बा सरह १९ सय ९० आवेदक मध्ये ५२ जना योग्यता सुचीमा समावेश भएका छन । कर्णाली प्रदेशमा नायब सुब्बा सरहको सिट संख्या १७ जना रहेको छ ।

सुची हेर्न यहाँ क्लिक गर्नुहोला ।

शाखा अधिकृत

नायव सुब्बा

सुदुरपश्चिम प्रदेश

आवेदन दिने २४ सय ३ मध्ये सुदुरपश्चिम प्रदेशमा प्रारम्भिक योग्यता सुचीमा शाखा अधिकृत  सरह २ सय ४६ जना समावेश भएका छन । यहाँ शाखा अधिकृत सरह आवश्यक सिट संख्या ८२ जना रहेको छ । नायव सुब्बा सरह १६ सय २ आवेदक मध्ये १८ जना योग्यता सुचीमा समावेश भएका छन । सुदुरपश्चिम प्रदेशमा नायब सुब्बा सरहको सिट संख्या ६ जना रहेको छ ।

सुची हेर्न यहाँ क्लिक गर्नुहोला ।

शाखा अधिकृत

नायव सुब्बा

ताजा अपडेट

खोजी गर्नुहोस