फागुन ४, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक परिवर्तनको एक चरण सकिएकोले अब विकास र समृद्धिका लागि अघि बढ्नुपर्ने बताएका छन् ।
शनिबार भक्तपुरको हनुमन्ते नदी सफाइ अभियानको ५१ हप्ता पुगेको अवसरमा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले विकास र समृद्धिका लागि सबै मिलेर अघि बढ्नुपर्ने बताएका हुन् ।
कार्यक्रममा बोल्दै प्रचण्डले शान्ति प्रक्रिया, संविधान निर्माण तथा तीनै तहको सरकार बनाउने अवस्था सत्तापक्ष र प्रतिपक्ष एक आपसमा मिलेर नै संभव भएको उल्लेख गरे । उनले भने , समृद्धिको अभियानमा पनि सत्तापक्ष र प्रतिपक्ष एक भएर लाग्नुपर्छ ।
अध्यक्ष प्रचण्डले आधुनिक लोकतान्त्रिक मुलुक भएकै कारण पछिल्लो समय विदेशीले नेपाललाई नजिकबाट नियालीरहेको बताए ।