बैशाख १६,धादिङ । धुनिवेशी नगरपालिकाको चौथो नगरसभा सोमबार सम्पन्न भएको छ । सभाले विधायन समितिका प्रमुखहरुबाट संक्षिप्त विवरण सहित पेश भएका धुनिवेशी नगर विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७५, धुनिवेशी नगरको स्थानीय विपद् व्यवस्थापन कोष सञ्चालन कार्यविधि २०७५, धुनीवेसी नगरपालिका भित्रका विद्यालयहरुको नियमन, सञ्चालन र व्यवस्थापन गर्न बनेको नियमावली ⁄ कार्यविधि २०७५, धुनिवेशी नगरपालिकाको सार्वजनिक खरिद नियमावली, २०७५ सहित करिब ४ ओटा कानूनहरु स्विकृत गरेको छ ।
सभाले करिब ११ ओटा विभिन्न शिर्षकहरुको प्रस्ताव छलफल गरी स्विकृत गरेको हो । नगरसभाबाट चालु आ.व. २०७५÷०७६ मा कार्यान्वयन हुने गरी नगरसभामा पेश भएका सडक तर्फ करिब ३२ ओटा, खानेपानी योजनातर्फ करिब १६ ओटा मठ, मन्दिरतर्फ करिब २० ओटा र भवन मर्मत तथा अन्य विविध योजनाहरुतर्फ करिव १४ ओटा गरी कुल जम्मा करिब ८५ ओटा योजना तथा कार्यक्रमहरुको लागि करिब ४ करोड ९६ लाख बराबरका योजनाहरु स्विकृत गरेको छ ।