१९ पहाडी जिल्लामा सहसचिव र एसपी खटाउने सरकारकाे तयारी

Post Thumbnail

जेठ १, काठमाडौँ । सरकारले १९ वटा पहाडी जिल्लाको सिडिओमा सहसचिव र जिल्ला प्रहरी प्रमुखमा एसपी खटाउने तयारी गरेको छ।

धेरै जनसंख्या भएका जिल्लामा दरबन्दी स्तरोन्नती गर्न लागिएको गृहमन्त्रालयले जनाएको छ।

हाल ४२ जिल्लामा सहसचिव तथा ३५ जिल्लामा सिडिओको उपसचिव दरबन्दी छ।

त्यसैगरी दुई जिल्लामा एसएसपी, ४० जिल्लामा एसपी र ३५ जिल्लामा डिएसपी जिल्ला प्रहरी प्रमुख छन्।

अब ६१ जिल्लामा सहसचिवलाई सिडिओ र एसपीलाई जिल्ला प्रहरी प्रमुखमा खटाउन लागिएको छ।

पाँचथर, भोजपुर, खोटाङ, ओखलढुंगा, संखुवासभा, रामेछाप, दोलखा, लमजुङ, पर्वत, अर्घाखाँची, प्युठान, सल्यान, डोल्पा, बैतडी, जुम्ला, दैलेख र अछाम र डडेल्धुरामा सहसचिव र एसपी खटाउन लागिएको हो।

ताजा अपडेट

खोजी गर्नुहोस