सञ्चारमन्त्रीको प्रश्न : ‘मलाई भन्न अप्ठेरो लाग्छ, पढ्न अप्ठ्यारो लाग्छ’, हाम्रो स्वतन्त्रता यही हो ?

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ अषाढ ६, शुक्रबार (५ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

असार ६,काठमाडौँ । शुक्रबार संसदको विकास तथा प्रविधिमा सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि छलफल थियो । छलफलका क्रममा केही सांसदले व्यक्तिगत स्वतन्त्रतामाथि हस्तक्षेप गर्ने मनसायले सरकारले सूचना प्रविधिसम्बन्धी विधेयक ल्याएको आरोप लगाए ।

जवाफमा सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले सामाजिक सञ्जालमा पोष्ट भएको एउटा स्क्रिनसर्ट देखाए ।

‘मलाई भन्न अप्ठेरो लाग्छ, पढ्न अप्ठ्यारो लाग्छ’ भन्दै बास्कोटाले स्क्रिनसर्टमा लेखिएको क्याप्सन पढेर सुनाए । ‘के भन्नुहुन्छ ? हाम्रो सभ्यता र हाम्रो स्वतन्त्रता यही हो ? नजानेको व्यक्तिले यो भाषा लेख्या होइन । यस्ता दशौं छन् मसंग । देउवाजीको बारेमा पनि छ’ बास्कोटाले थपे ।

उनले व्यक्तिगत स्वतन्त्रतालाई हनन गर्न नभई सामाजिक सञ्जाललाई व्यवस्थित गर्न सूचना प्रविधि विधेयक ल्याइएको उनको प्रष्टीकरण थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस