असार १० चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड’ले नेत्र विक्रमचन्द ‘विप्लव’ मूल धारको राजनीतिमा आउने बताएका छन ।
चितवनको भरतपुर महानगरको चौथो नगरसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले अशान्ति फैलाएर समस्या समाधान नहुने भन्दै आफूले पाएको जानकारीअनुसार विप्लव छिट्टै मूलधारमा फर्किने तयारीमा रहेको बताए ।
दुई चार वटा बम पड्किँदैमा समृद्धिको यात्रा विथोलिन्छ कि भन्ने शंका नगर्न आग्रह गर्दै प्रचण्डले देशको सबै अवस्था विप्लवले बुझिसकेकाले अब यस्ता गतिविधि धेरै नगरी शान्तिको बाटोमा आउने कुरामा आफू विश्वस्त रहेको बताए ।
शान्ति प्रक्रियामा आउँदा पार्टीका सबै नेताहरुलाई काठमाण्डौमा सुरक्षित अवतरण गराएको स्मरण गदै अध्यक्ष प्रचण्डले विगतमा पार्टी फुटाएर गएकाहरु फर्किँदै आइरहेका र विप्लव पनि त्यसरी नै आउने दाबी गरे।