‘विभेदकारी दृष्टि भएमात्र महिला हिंसा अन्त्य हुन्छ’ : सांसद पोख्रेल

Post Thumbnail

मंसिर १२,चितवन । समाजमा विभेदकारी दृष्टि नै महिला हिंसा अन्त्यको मुख्य कारण भएको संघिय सांसाद कृष्ण भक्त पोखरेलले बताएका छन । जब सम्म महिला र पुरुष समान हुन भन्ने कुरा ब्यबहारमा लागु हुदैन तब सम्म महिला हिंसा अन्त्य नहुने भन्दै हिंसा अन्त्यको लागि विभेदकारी दृष्टि हुनु पर्ने उनको भनाई थियो ।

बुधबार लैगिंक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत अखिल नेपाल महिला संघ चितवनको आयोजनामा भएको कानुनी साक्षरता तथा प्रतिबद्धता कार्यक्रमा प्रशिक्षण दिदै उनले यस्तो जानकारी दिएका हुन् । नेपालमा जस्तै विश्वमा महिला हिंसा हुने गरेको बताएका छन । साथै उनले महिला हिंसा गर्नेहरुका लागि कानुनमा के कस्ता दण्ड सजाय छ भन्ने बारेमा समेत जानकारी दिएका थिए । उनले महिला पुरुष दुबैलाई समान पैतृक सम्पती पाउने अधिकार, जर्बजस्ती करणीको केशमा आजिवन काराबास सजायको ब्यबस्था भएको समेत जानकारी दिए । यस्तै राजनितिक सहभागितामा महिलाको सहभागिता विश्वमा राम्रो भएको बताए ।

सोही कार्यक्रमा बोल्दै प्रदेश तिनका स्वास्थ्य शिक्षा तथा कृषि प्रदेशसभाका सभापति सासद घनश्याम दाहालले आफनो समितिको आयोजनामा महिलाले बाध्यतात्मक तरिकाले सन्तान जन्माउनेकी उनिहरुको इच्छाले भन्ने सवालमा महिला संसादको सहभागितामा महिला स्वास्थ्य प्रजनन् गोष्ठीको आयोजना गरेको बताए ।

यस्तै प्रदेश सरकारले सामाजिक विकास अन्तर्गत छोरी बुहारी निशुल्क उच्च शिक्षा लिएर आएको जानकारी दिदै पहिलो पटक चार सय जनालाई निशुल्क उच्च शिक्षा दिएको बताए । साथै उनले गत बर्ष बाट माध्यमिक विधालयमा नर्स कार्यक्रम सुरुवात गरेकोमा यसबर्ष १२१ वटा विधालयमा नर्स कार्यक्रम पनि आयोजना गरेको जानकारी दिए ।

यस्तै जिल्ला समन्वय समिति चितवनका अध्यक्ष कृष्ण कुमार डल्लाकोटीले चितवन जिल्लामा हुने लैगिक हिंसा तथा मानब बेचविखनका घटना हुन नदिन प्रतिबद्धता जनाउदै सबै सरोकारवाला संघ संस्थालाई आग्रह गरेका छन । अखिल नेपाल महिला संघ चितवनका अध्यक्ष संगीता भट्टराईको अध्यक्षता तथा अर्का अध्यक्ष सरस्वती विष्टले सन्चालन गर्नु भएको कार्यक्रममा राप्ती नगरपालिकाका प्रमुख प्रभा बराल, माडी नगरपालिका उपप्रमुख ताराकुमारी काजी महतो,रत्न नगर नगरपालिका उपप्रमुख विमला दुवाडी,जिल्ला समन्वय समिति चितवनका उपप्रमुख मुना श्रेष्ठ, लगायत अखिलका सबै महानगर , नगर गाउँपालिकाका बोर्ड सदस्यहरुको सहभागिता रहेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस