खेलकुदलाई व्यवसायीक तथा औद्योगीकरण गरिनुपर्छ : सांसद बस्नेत

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७६ फागुन १०, शनिबार (५ साल अघि)
  • २८ पटक पढिएको
Post Thumbnail

फाल्गुण १०, भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य, पूर्वउद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले नेपालीले विश्व विजय गर्ने भनेको खेलकुदबाट मात्र संभव भएको बताएका छन् । स्वास्थ्यको लागि खेलकूद, राष्ट्रको लागि खेलकूद भन्ने मुल नाराका साथ संवाहक मिडिया हाउस तथा नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघले आयोजना गरेको १३ औँ दक्षिण एसियाली खेलकूद प्रतियोगितामा पदक प्राप्त गर्न सफल भक्तपुर जिल्लाका खेलाडी तथा सहभागी प्रशिक्षक रेफ्रिहरुलाई सम्मान कार्यक्रममा बोल्दै सांसद बस्नेत खेलको विकास भक्तपुरबाट नै गर्नु पर्ने बताउँदै हरेक खेलको विकासका लागि पूर्वाधार निर्माणमा आफू दिलो ज्यान भएर लागि पर्ने बताए । नेपालले क्रिकेटमा अमेरिकालाई हराएको प्रशंगलाई जोड्दै उनले विश्वका शक्तिशाली राज्यलाई नेपालले हराउन सक्ने एउटै मात्र माध्यम भनेको खेलकुद भएको उल्लेख गरे ।

खेलाडीले प्राप्त गरेको नगद पुरस्कार अर्थमन्त्रालयमा पुगेर अड्कीएर रहेको बाधा फुकाउने जिम्मेवारी पुरा गर्ने प्रतिवद्धता जनाउँदै खेलकुदलाई उद्योगसँग जोड्नुपर्नेमा उनले जोड दिए । आफु जहाँ छौं त्यहीबाट सरकार तथा नीजि क्षेत्रको संयुक्त रुपमा विकास र समृद्धिको बाटोमा अघि बढ्नुपर्नेमा जोड दिँदै उनले खेलकुदलाई व्यवसायीक तथा औद्योगीकरण गर्नुपर्ने बताए ।

उनले हरेक खेलको जिल्लाभर कवर्ड हल बनाउनु पर्ने बताउँदै एक खेल एक विद्यालयको अभियान ल्याउँदै सक्षम एवं सवल खेलाडी उत्पादन गर्नु हाम्रो दायित्व भएको बताए । सम्मानित खेलाडीहरुलाई सम्मान गर्दै उनले सागमा विजेता खेलाडीहरुको रोकिएको रकम यथा सिग्र दिलाउन आफू अर्थ मन्त्रालयमा पहल गर्ने समेत बताए ।

यस्तै कार्यक्रममा सूर्यविनायक नगरपालिका वडा नम्वर ८ का वडा अध्यक्ष एवं खेलकुद समितिका संयोजक किरण थापाले भक्तपुरको खेलकुद विकासमा योगदान पुञ्याउँदै आएको संवाहक मिडिया हाउस र राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघ भक्तपुरको प्रशंसा गरे । उनले खेलको विकास लागी सूर्यविनायक नगरपालिकाले पनि विभिन्न कार्यक्रमहरु ल्याउन लागेको समेत जानकारी गराए ।

यस्तै कार्यक्रममा भक्तपुर साँगीतिक समाजका अध्यक्ष प्रविण शाही, नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघका केन्द्रिय अध्यक्ष दिपक श्रेष्ठ, पत्रकार महासंघका संस्थापक सभापति रमेश खड्का, भक्तपुर जिल्ला बक्सिङ संघका अध्यक्ष रामकृष्ण प्रजापतिले सम्मानित खेलाडीहरुलाई बधाई दिदै खेलकुद र मिडिया सँगै सँगै भएमात्र यसको विकास हुन सक्ने बताए ।

कार्यक्रमको सभापतित्व करातेका अन्तराष्ट्रिय प्रशिक्षक रामशरण त्वातीले गरेका थिए । कार्यक्रममा संवाहक मिडिया हाउसका सञ्जीब दुलाल, पञ्चकन्या डोजोका गणेश सुकमनी, पत्रकार महासंघ भक्तपुरका पूर्व सभापति विकल श्रेष्ठ, भक्तपुर खेलकुद विकास समितिका अध्यक्ष श्रीभक्त कासिछ्वा, उद्योग वाणिज्य संघका सदस्य राजेश त्वानावासु, नेपाल कराते महासंघ महिला विभाग प्रमुख राधिका देउला , समाजसेवी विज्ञान राई , भक्तपुर साँगितिक समाजका कोषाध्यक्ष अल्वर्ट बज्राचार्य, जम्वुलिङ तामाङ समाजका अध्यक्ष विशाल योञ्जन, बज्र शक्ती एकता समाजका अध्यक्ष विर वहादुर घिसिङ, समाजसेवी एवं युवा ब्यवसायी विज्ञान राई, भक्तपुर जिल्ला खेलकुदाका सदस्यहरु तथा विभिन्न खेलका पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।

खेलाडी सुरक्षाका लागि कोषको स्थापना
१३ औं साग खेलकुदमा पदक विजेता खेलाडी सम्मान कार्यक्रममा संवाह मिडिया हाउस र नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघ भक्तपुरले खेलाडी सुरक्षाका लागि कोषको स्थापना गरेको थियो । कोषमा पहिलो सहयोगीका रुपमा उधुम लामाले रु दश हजार प्रदान गर्दै कोषलाई पहिलो सहयोग गरे ।

खेलाडीहरुको हक हितका लागि स्थापना गरिएको उत्त कोषमा सहयोग गर्नुहुने उहाँलाई कार्यक्रमका प्रमुख अतिथि महेश बस्नेतले सम्मान गरे ।

भक्तपुरमा साग पदक विजेता सम्मानित
भक्तपुरबाट साग खेलमा सहभागी भई पदक विजयी खेलाडीलाई संवाहक मिडिया हाउस र नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघ भक्तपुरले ताम्रपत्र सहित सम्मान गरेको हो ।

भक्तपुरमा आयोजित कार्यक्रममा सागमा पदक विजेता ११ खेलाडी दुई प्रशिक्षक, एक ब्यवस्थापक सहित ३९ निर्णायकलाई सम्मान गरिएको हो ।

साग खेलमा दुई स्वण सहित करातेबाट प्रतिनिधित्व गर्ने मण्डेकाजी श्रेष्ठ, उसुमा स्वर्ण विजेता सुस्मिता तामाङ, यस्तै तेक्वान्दोमा स्वर्ण विजेता काजोल श्रेष्ठ , यस्तै टेवलटेनिसमा रजत विजेता शिव शुन्दर गोठे, ह्याडबलकी देवकुमारी बास्कोटा कबड्डीबाट विजेता इन्दिरा गिरी यस्तै रजत पदक विजेता खेलाडीहरुमा भारोत्तोलनबाट लक्ष्मी वन, जुडोबाट श्रीराम कामजु, बास्केटबलबाट विकल जोशी, तेक्वाडोबाट ज्ञानेन्द्र हमाल र खो खो खेलबाट कास्य पदक विजेता श्याम बुढाथोकीलाई सम्मान गरिएको थियो ।

यस्तै सम्मान कार्यक्रममा प्रशिक्षकहरु राधिका देउला र मोहन प्रसाद बासुकला र ब्यवस्थापक सुन्दर प्रजापतिलाई पनि सम्मान गरिएको थियो । यस्तै विभिन्न खेलहरुमा प्रशिक्षकको भूमिका निभाएका ३९ निर्णायकहरुलाई कार्यक्रममा सम्मान गरिएको थियो ।

ताजा अपडेट

१५ घण्टा अघि

शेयर बजारमा उछाल

खोजी गर्नुहोस