नेपाल-भारत वार्ताका लागि गहन पहल

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ भाद्र २१, आईतबार (४ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

भाद्र २१, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भएको टेलिफोन संवादपछि दुई देशका संयन्त्रहरूबीच वार्ताका गृहकार्य भइरहेका छन् । भारतीय स्वतन्त्रता दिवसका अवसरमा साउन ३१ गते प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री मोदीलाई शुभकामना दिएका थिए। प्रधानमन्त्री ओलीको त्यही टेलिफोनले नेपाल र भारतबीचको संवादहीनता अन्त्य गराइदिएको हो ।

दुवै मुलुकका परराष्ट्र मन्त्रालयका अधिकारीहरू केहीयता नेपाल र भारतबीच स्थापित विभिन्न संयन्त्रको वार्ता गर्ने आन्तरिक तयारीमा जुटेका छन् । नेपाल भारत सचिवस्तरीय बैठक, बाउन्ड्री वर्किङ ग्रुप र नेपाल(भारत संयुक्त आयोगको बैठकको तयारी भइरहेको स्रोतले बताएको छ । यद्यपि ती बैठकको मिति तय भइसकेको छैन । अन्नपुर्णपोष्ट वाट

ताजा अपडेट

खोजी गर्नुहोस