भाद्र २१, काठमाडौं । ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले काठमाडौं उपत्यकामा दशैंसम्म निषेधाज्ञा जारी राख्नुपर्ने बताएका छन् । उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले भदौ ४ गतेबाट निषेधाज्ञा जारी गरिरहेका छन् । भदौ १७ गतेदेखि केही खुकुलो बनाएर थप गरिएको निषेधाज्ञा २४ गते सकिनेछ ।
प्रतिनिधिसभाको शिक्षा समिति अन्तर्गतको उपसमितिमा आइतबार भएको बैठकमा प्रजिअ भट्टले केही सहजीकरण गरेर निषेधाज्ञा दशैंसम्म राख्नुपर्ने धारणा राखेका हुन् । ललितपुरमा कोरोना संक्रमितहरुको आइसोलेनस तथा क्वारेन्टिनको समस्या नभएको प्रजिअ भट्टले बताए ।