पुस ८, काठमाण्डौ । नेपाल कम्युनिस्ट पार्टी नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्ष आधिकारिकताको दावीसहित निर्वाचन आयोग पुगेको छ । स्थायी कमिटी सदस्य लीलामणि पोखरेल, केन्द्रीय सदस्य राजेन्द्र पाण्डे सहितका नेताहरू केन्द्रीय कमिटीको निर्णय लिएर आयोगमा पुगेका हुन् ।
केन्द्रीय कमिटीका ४४६ सदस्यमध्ये ३१५ जनाको उपस्थितिमा प्रधामनन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीविरुद्ध कारवाही गरिएको प्रचण्ड–नेपाल पक्षले दावी गरेको छ । प्रचण्ड–नेपाल पक्षको केन्द्रीय कमिटी सदस्यको बैठकअघि नै ओली पक्षले केन्द्रीय समिति विस्तार गरेर १ हजार १९९ सदस्यीय बनाएको थियो ।