गगन थापा भन्छन्-‘तुरुन्त आन्दोलनमा जानुको विकल्प छैन’

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ पौष ९, बिहिबार (४ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

पुस ९, काठमाण्डौ । केन्द्रीय समिती बैठकमा बुधबार केन्द्रीय सदस्य गगन थापाले संसद विघटनविरुद्ध तुरुन्त आन्दोलनमा जानुपर्ने धारणा राखेका छन् । नेता थापाले काँग्रेसले सर्वोच्च अदालतले के भन्छ भनेर कुरेर बस्न नहुने भन्दै काँग्रेसले के भन्छ भनेर सर्वोच्चलाई सुनाउनु पर्ने बताए ।

उनले पार्टी पदाधिकारी बैठकले असंवैधानिक र अलोकतान्त्रिक भनेर ठहर गरिसकेकाले दायाँबायाँ नगरी सडक संघर्षमा जानुपर्ने बैठकमा बताएका थिए । नेता थापाले असंवैधानिक कदम नसच्चिएसम्म चुनाव गर्ने बाटो नखुल्ने विचार राखेका थिए ।

 

ताजा अपडेट

खोजी गर्नुहोस