मञ्जुश्री फाइनान्सद्वारा निःशुल्क ‘इन्स्टा फन्ड ट्रान्सफर’ सेवा सुरु

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८२ अषाढ ९, सोमबार (३ घण्टा अघि)
  • ५२ पटक पढिएको
मञ्जुश्री फाइनान्सद्वारा निःशुल्क ‘इन्स्टा फन्ड ट्रान्सफर’ सेवा सुरु

असार ९, काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडले आफ्नो डिजिटल सेवा थप प्रभावकारी र सहज बनाउने उद्देश्यसहित ‘इन्स्टा फन्ड ट्रान्सफर (Insta Fund Transfer)’ सेवा सुरु गरेको छ ।

यस सेवामार्फत ग्राहकहरूले मञ्जुश्रीको मोबाइल बैंकिङ एप ‘मञ्जुश्री स्मार्ट’ प्रयोग गरी एनपीएस (Nepal Payment Switch) मा आवद्ध बैंक तथा वित्तीय संस्थामा रहेको खातामा निःशुल्क अन्तरबैंक रकम स्थानान्तरण (फन्ड ट्रान्सफर) गर्न सक्नेछन् ।

डिजिटल बैंकिङ अनुभवलाई अझ सहज र उत्कृष्ट बनाउने उद्देश्यले ल्याइएको यो सेवा ‘इन्स्टा फन्ड ट्रान्सफर’ भुक्तानी विकल्प अन्तर्गत उपलब्ध हुनेछ । मञ्जुश्रीले ग्राहकहरुको समय र लागतको बचत हुने गरी प्रविधिमा आधारित स्मार्ट सेवा विस्तार गरिरहेको जनाएको छ ।

निक्षेपमा आकर्षक ब्याजदर तथा सुलभ कर्जा प्रवाह गर्दै आएको मञ्जुश्री फाइनान्स हाल देशभर २७ वटा शाखा र १ वटा विस्तारित काउन्टरमार्फत उत्कृष्ट बैंकिङ सेवा प्रदान गरिरहेको छ । हालसम्म १ लाख ५० हजारभन्दा बढी सन्तुष्ट ग्राहक सेवा उपयोग गरिरहेका छन् ।

नवीनतम प्रविधिमा आधारित सेवा विस्तारसँगै मञ्जुश्री फाइनान्स लिमिटेड फाइनान्स क्षेत्रको अग्रणी संस्था बन्ने दिशामा अघि बढिरहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस