११ महिनामा चिया निर्यात ४० प्रतिशतले बढ्यो

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८२ अषाढ ९, सोमबार (४ घण्टा अघि)
  • ५६ पटक पढिएको
११ महिनामा चिया निर्यात ४० प्रतिशतले बढ्यो

असार ९,काठमाडौं । मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८१/८२ को ११ महिनामा चिया निर्यात ४०.५० प्रतिशतले बढेको छ । कार्यालयको तथ्याङ्कअनुसार (साउन–जेठ) सम्ममा रु तीन अर्ब ८६ करोड ६४ लाख ७८ हजारको चिया निर्यात भएको छ ।

चालु आवको ११ महिनाको अवधिमा १४ हजार ४६३.३३ मेट्रिकटन चिया निर्यात भएको मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंले जानकारी दिए । गत आव २०८०/८१ को सोही अवधिमा रु दुई अर्ब ७५ करोड २८ लाख ३२ हजारको चिया निर्यात भएको थियो ।

कार्यालयको तथ्याङ्कअनुसार चालु आव २०८१/८२ को जेठ मसान्तसम्म अलैँची निर्यात ३.८० प्रतिशतले घटेको छ । चालु आवको ११ महिनामा रु सात अर्ब १८ करोड १० लाख ७३ हजार बराबरको अलैँची निर्यात भएको छ । गत आव २०८०/८१ को सोही अवधिमा रु सात अर्ब ४६ करोड ६८ लाख ७६ हजारको अलैँची निर्यात भएको थियो ।

कार्यालयको तथ्याङ्कअनुसार निर्यात हुने मुख्य वस्तुमा भेनियर सिट ६७ प्रतिशत, फलामेपाता ९.६, प्लाइउड ११.६० प्रतिशत र मोलासिस निर्यात ४००.५० प्रतिशतले वृद्धि भएको छ । यसैगरी, सिमेन्ट क्लिङ्कर १२.६० प्रतिशत, अदुवा ५९.७० प्रतिशत, अम्रिसो १५.२ प्रतिशत र छुर्पी निर्यातमा ७.७ प्रतिशतले कमी आएको छ ।

मेची भन्सारबाट चालु आवको ११ महिनामा रु २३ अर्ब २८ करोड ३५ लाख ५६ हजारको मालवस्तु निर्यात भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस