असार ९, गुल्मी । पहिरोले अवरुद्ध भएको कालीगण्डकी करिडोरमा एकतर्फी रुपमा सवारी साधनको आवागमन भएको छ । शुक्रबारदेखि कालीगण्डकी गाउँपालिका-१ गरगरे स्थित सडकमा माथिबाट निरन्तर पहिरो आएर करिडोर पूर्णरूपमा अवरुद्ध भएको थियो ।
अवरुद्ध सडक तीन दिनपछि मात्रै एकतर्फी रुपमा सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डीएसपी) गंगाबहादुर सारुले बताए । सडक खुलेसँगै रोकिएका सवारीसाधनहरु गन्तव्यतर्फ लागेका छन् ।
निरन्तर ढुंगासहितको पहिरो झरिरहेकाले समयमै सडक खुलाउन समस्या भइरहेको थियो । बर्खा सुरु भएसँगै करिडोरमा चट्टानसहितको पहिरोले समस्या भएको थियो ।