चिमखोला–मङ्गले–राहुघाट जलविद्युतको परीक्षण उत्पादन सुरु

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८२ अषाढ ९, सोमबार (४ घण्टा अघि)
  • ४४ पटक पढिएको
चिमखोला–मङ्गले–राहुघाट जलविद्युतको परीक्षण उत्पादन सुरु

असार ९, म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माण भएको ३७.५ मेगावाट क्षमताको चिमखोला–मङ्गले–राहुघाट जलविद्युत् आयोजनाले परीक्षण उत्पादन थालेको छ । तुदी पावर कम्पनी लिमिटेड प्रवद्र्धक रहेको आयोजनाको बाँध, डिसेन्डर र सुरुङलगायत भौतिक संरचनाको परीक्षण सकेर विद्युत् उत्पादन सुरु गरेको हो ।

तुदी पावरका प्रतिनिधि इन्द्र ढकालले परीक्षण सफल भएपछि आयोजनाको विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोडिने बताए । अबको १५ दिनमा परीक्षण सकिनेछ । रघुगङ्गा गाउँपालिका–८ बन्दीमा बाँध र नजिकै एक सय १० मिटर लामो, आठ मिटर अग्लो र ३० मिटर चौडाइको पानी थिग्य्राउने पोखरी निर्माण भएको छ ।

आयोजनाबाट उत्पादित विद्युत् दुई सय २० केभी क्षमताको दाना–कुश्मा प्रसारण लाइनमा जोडिने भएको छ । तुदी पावर नै प्रवद्र्धक रहेको ४८.५ मेगावाट क्षमताको अपर राहुघाट जलविद्युत आयोजना पनि निर्माणको अन्तिम चरणमा छ ।

ताजा अपडेट

खोजी गर्नुहोस