मनसुनी वायुको प्रभावले देशभर वर्षा

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०८२ अषाढ ९, सोमबार (५ घण्टा अघि)
  • ३२ पटक पढिएको
मनसुनी वायुको प्रभावले देशभर वर्षा

असार ९,काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । जसको प्रभावले कोशी, मधेश, बागमती र सुदूरपश्चिममा साधारणतया बदली रही बाँकी प्रदेश आंशिक बदली छ । यस्तै कोशीका केही तथा मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर आंशिक देखि साधारणतया बदली रहनेछ । बागमती र गण्डकी प्रदेश लगायत देशको पहाडी भूभागको केही तथा बाँकी भूभागको थोरै स्थानमा मेघगर्जन र चट्याङ सहित हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ ।

कोशी, बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

यस्तै राति पनि देशभर आंशिक देखि साधारणतया बदली रहनेछ । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी देखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ ।

नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भूक्षय जस्ता प्रकोप हुनसक्ने भन्दै महाशाखाले जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुनसक्ने जोखिम वा क्षतिबाट बच्न सावधानी अपनाउन अनुरोध गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस