असार ८, काठमाडौं । काठमाडौं बुढानिलकण्ठ नगरपालिका–५ टुसालमा एक व्यक्तिको कुटपिटपछि हत्या भएको छ । बहिनीको जन्मदिन मनाउन कोठामा बोलाएर बारा निजगढ नगरपालिका–८ का ३२ वर्षीय कृष्ण लामाको कुटपिट गरी हत्या गरेको प्रहरीले जनाएको छ ।
काठमाडौं टुसाल बस्ने विकास लामा लोले आफ्नी बहिनीको जन्मदिन मनाउन बोलाएर कोठामा लगेर कुटपिट गरेका थिए । हत्या अभियोगमा ४ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
प्रहरीले मकवानपुर घर भई काठमाडौं बुढानिलकण्ठ–५ टुसाल बस्ने विकास लामा लो, बारा, निजगढ नगरपालिका–७ का सुगन्द लामा, निजगढ नगरपालिका–५ का सौगात क्षेत्री र मकवानपुर बकैया गाउँपालिका–२ का २३ वर्षीय निसान जिम्भालाई हत्या अभियोगमा पक्राउ गरिएको जनाएको छ ।
उनीहरूलाई कर्तव्य ज्यानसम्बन्धी मुद्दामा काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ ।
यस्तै आज दिउँसो ललितपुर महानगरपालिका–४ विष्णुदेवी मन्दिर नजिकै दुई समूहबीच झडप ९ग्याङ फाइट० हुँदा दुई जना घाइते भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी चक्रराज जोशीले बताए ।
धारिलो हतियार प्रहारबाट महोत्तरी घर भई ललितपुर–३ धोबिघाट बस्ने ३० वर्षीय रञ्जीत मगर र कैलाली घर भई विष्णुदेवी मन्दिर नजिकै बस्ने २६ वर्षीय खगेन्द्र बयक घाइते भएका छन् । उनीहरुको पाटन अस्पतालमा उपचार भइरहेको छ ।
प्रहरीले दुवै समूहका एक एक जनालाई पक्राउ गरेर अनुसन्धान थालेको छ । उनीहरुबीच पहिलेदेखि नै विवाद देखिए पनि विवादको कारण भने प्रस्ट खुलिसकेको छ्रैन ।