शेयर शिक्षा दिन खुल्यो ‘इन्भेष्टमेन्ट गुरु’

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८२ अषाढ ८, आईतबार (४ घण्टा अघि)
  • ७८ पटक पढिएको
शेयर शिक्षा दिन खुल्यो ‘इन्भेष्टमेन्ट गुरु’

असार ८, काठमाडौं । नेपाली लगानीकर्तालाई शेयर बजारसम्बन्धी ज्ञान प्रदान गर्ने उद्देश्यसहित ‘इन्भेष्टमेन्ट गुरु’ नामक संस्था शनिबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ ।

चार्टर्ड एकाउन्टेन्ट तथा वित्तीय विश्लेषक अनुपमा संग्रौलाले संस्थाको औपचारिक उद्घाटन गर्दै संग्रौलाले संस्थाले शिक्षित र सचेत लगानीकर्ता तयार पार्न सघाउने विश्वास व्यक्त गरिन् ।

संस्थाका सिइओ अमित झाले इन्भेष्टमेन्ट गुरु आम नागरिकलाई वित्तीय साक्षरता दिलाउने र सशक्त लगानीकर्ता तयार पार्ने लक्ष्यसहित स्थापना गरिएको बताए । उनले विशेषगरी नयाँ लगानीकर्ता तथा शेयर शिक्षा सिक्न चाहनेहरूलाई लक्षित गरेर कक्षा सञ्चालन गरिने जानकारी दिए ।

इन्भेष्टमेन्ट गुरुले अनलाइन र भौतिक दुवै माध्यममार्फत् शेयर शिक्षा प्रदान गर्नेछ । शेयर बजारका आधारभूत सिद्धान्त, लगानीका तरिका, जोखिम व्यवस्थापन, बजार विश्लेषण, प्रतिफल मूल्याङ्कन जस्ता विषयमा प्रशिक्षण, सेमिनार तथा परामर्श सेवा प्रदान गरिने संस्थाले जनाएको छ ।

संस्थापक झा स्वयं विगत पाँच वर्षदेखि शेयर सम्बन्धी प्रशिक्षण तथा परामर्श क्षेत्रमा सक्रिय छन् । उनका अनुसार ‘इन्भेष्टमेन्ट गुरु’मार्फत आधारभूतदेखि एड्भान्स स्तरसम्मको शेयर शिक्षा प्रदान गरिनेछ । निकट भविष्यमा शेयर शिक्षा देशका विभिन्न भागहरूमा विस्तार गर्ने उनले बताए

ताजा अपडेट

खोजी गर्नुहोस