चितवन दुर्घटना अपडेटः मृतक ७ जनामध्ये ६ जनाको सनाखत

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८२ अषाढ ७, शनिबार (५ घण्टा अघि)
  • ७५ पटक पढिएको
चितवन दुर्घटना अपडेटः मृतक ७ जनामध्ये ६ जनाको सनाखत

असार ७, काठमाडौं । चितवनमा बस र इभी गाडी ठोक्किँदा मृत्यु भएका ७ जना मध्ये ६ जनाको सनाखत भएको छ । मृत्यु हुनेमा गर्भवती महिला र इभि गाडीका चालक समेत रहेका प्रहरीले जनाएको छ ।

दुर्घटनामा ज्यान गुमाउनेमा इभीका चालक मकवानपुर हेटौँडाका ३१ वर्षका राजु थिङ, मकवानपुरकी २७ वर्षकी गर्भवती महिला रेनुका कँडेल, मकवानपुर हेटौँडा ५ की ५३ वर्षीया मैयाकुमारी न्यौपाने पहाडी रहेकी छन् ।

यस्तै मकवानपुर हटियाका ५५ वर्षीय सोमप्रसाद रुपाखेती र उनका विश्वमित्र आचार्यको पनि मृत्यु भएको छ । दुर्घटनामा रौतहटको चन्द्रपुर ६ बस्ने ३१ वर्षकी सीताकुमारी चौधरीको पनि ज्यान गएको छ ।
दुर्घटनामा मृत्यु भएकी अन्दाजी २५ बर्षीया एक महिलाको सनाखत हुन सकेको छैन ।

दुर्घटनामा गम्भीर घाइते भएका ५ जनाको भरतपुर सरकारी अस्पतालमा र २ जनाको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका अन्य २४ जना मध्ये १६ जनाको नयाँ मेडिकल कलेज भरतपुरमा, ४ जनाको पुरानो मेडिकल कलेज भरतपुर तथा ४ जनाको एलाइभ अस्पताल भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

धनगढीबाट काँकडभिट्टा तर्फ जाँदै गरेको प्रदेश१–०१–००१ख ३५८३ नम्बरको बस र मकवानपुरबाट नारायणगढ तर्फ गई रहेको बागमती प्रदेश ०३–००१ज २९९ नम्बरको ईभी गाडी पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ती नगरपालिकाको खहरे पुलमा ठोक्किएर दुर्घटनामा परेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस