संसदमा रास्वपाको भिन्न शैलीः सत्ता पक्षका बोल्दा बाहिर, विपक्षीका बोल्दा भित्र

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०८२ अषाढ ७, शनिबार (५ घण्टा अघि)
  • ५५ पटक पढिएको
संसदमा रास्वपाको भिन्न शैलीः सत्ता पक्षका बोल्दा बाहिर, विपक्षीका बोल्दा भित्र

असार ७, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदमा बिरोधको फरक शैली अपनाएको छ । भिजीट भिषा प्रकरणलाई लिएर संसदमा अबरोध जारी राखेपनि सभामुख देवराज घिमिरेले बैठक अगाडी बढाएपछि रास्वपाले विरोध जनाउने शैलीलाई फरक ढंगले प्रस्तुत गरेको हो ।

प्रतिनिधिसभामा विनियोजन विधेयकमाथि छलफल चलिरहेका बेला सत्तापक्षका सांसद बोल्न थालेपछि रास्वपाका सांसदहरू बैठक कक्षबाट बाहिरिने तर विपक्षी सांसदहरूको धारणा राख्ने पालो सुरु भएलगत्तै पुनः बैठकमा पुग्ने गरेको छ ।

रास्वपाको अनौठो हर्कत देखेपछि काङग्रेसकी प्रतिमा गौतमले बिचित्रको आन्दोलनले अचमित बनाएको टिप्पणी गगरिन् । उनले यहि ढंगले रास्वपाको आन्दोलनले सार्थकता नपाउने बताउँदै अब संसदमा सुतेर आन्दोलन गर्न सुझाइन् ।

यस्तै एमाले मुख्य सचेतक महेश बर्तौलाले रास्वपाले सुशासनको कुरा गर्न नसुहाउने तर्क गरेका छन् । जेलमा रहेका ब्यक्तीलाई पार्टी सभापति र संसदीय दलको नेता मान्दै आएको पार्टीले अरुलाई सुशासनको पाठ पढाउन नमिल्ने बताए ।

महेश बर्तालाको कटाक्ष गर्दै रास्वपाका सांसद मनिष झा ले एमालेले नौ महिना आन्दोलनमा मर्यादा पालकलाई कुटेको स्मरण गराउँदै नैतिकताको प्रश्न राखिदिन पत्रकाहरुलाई आग्रह गरे ।

विगतमा नीलो गलबन्दी बाँधेर ,वेल अगाडि पलेँटी कसेर विरोध गर्दै आएको रास्वपाले आजको संसद बैठकमा मौन र क्रमिक बहिर्गमनमार्फत आफ्नो असहमति प्रकट गरेको हो । संसदको वातावरणमा रास्वपाको यो फरक रणनीति राजनीतिक वृत्तमा चर्चा र चासोको विषय बनेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस