कालीगण्डकी करिडोर अझै अवरुद्ध

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८२ अषाढ ७, शनिबार (५ घण्टा अघि)
  • ५७ पटक पढिएको
कालीगण्डकी करिडोर अझै अवरुद्ध

असार ७, गुल्मी । हिजोदेखि अवरुद्ध कालीगण्डकी करिडोर निरन्तरको पहिरोका कारण अझै पनि संचालनमा आउन सकेको छैन् । कालीगण्डकी गाउँपालिका(१ अन्तरगत हर्मीचौर–अर्बेनीमा निरन्तर सुक्खा पहिरो खसेपछि करिडोर पूर्ण रूपमा अवरुद्ध भएको हो ।

सडक माथिबाट लगातार सुक्खा पहिरो झरिरहेकाले सडक संचालन गर्न समस्या परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सुचना अधिकारी प्रहरी नायव उपरिक्षक गङ्गाबहादुर सारुले बताए । याात्रुहरुलाई वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरिएको प्रहरी निरीक्षक सारुले बताए ।

उनले तत्कालै उक्त सडक सञ्चालन हुनसक्ने अवस्था नरहेको बताए । पहिराले अवरुद्ध रिडी–बामीटक्सार सडकखण्ड भने एकतर्फी रुपमा मात्र सञ्चालनमा आएको छ । उक्त सडकखण्ड अन्तरगत चन्द्रकोट गाउँपालिका –७ स्थीत सिस्ने भीरमा सडक माथिबाट खसेको पहिरोको केही भाग हटाएपछि सडक आंशिक रुपमा सञ्चालन गएिको प्रहरीले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस