आईएमई लाइफका बीमित, अभिकर्ता र कर्मचारीलाई आमा हस्पिटलमा ५० प्रतिशतसम्म छुट

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८२ अषाढ ८, आईतबार (४ घण्टा अघि)
  • ६३ पटक पढिएको
आईएमई लाइफका बीमित, अभिकर्ता र कर्मचारीलाई आमा हस्पिटलमा ५० प्रतिशतसम्म छुट

असार ८, काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीका बीमित, अभिकर्ता तथा कर्मचारीहरुलाई अब आमा हस्पिटलमा उपचार सेवा लिँदा ५० प्रतिशतसम्म छुट प्राप्त हुने भएको छ ।

जसअन्तर्गत क्यबिन बेडमा ५०, जनरल बेडमा ३० र हस्पिटलका अन्य सेवामा २० प्रतिशत छुट हुनेछ । साथै आकस्मिक एम्बुलेन्स सेवामा कुनै शुल्क लाग्ने छैन । साथै, ग्राहकले हेल्थ चेकअप प्याकेजमा ४० प्रतिशतको विषेश सहुलियत पाउनेछन् ।

उक्त छुट सुविधा प्राप्त गर्नका लागि कम्पनीका बीमितले कम्पनीको मोबाइल एपमा रहेको प्रिभिलेज कार्ड देखाई छुट सुविधा लिन सक्नेछन् भने, अभिकर्ता तथा कर्मचारीले कम्पनीले जारी गरेको आधिकारिक परिचयपत्र पेसगरि उक्त छुट सुविधा को लाभ लिन सक्नेछन् ।

कम्पनीले यस्ता व्यावसायिक सम्बन्धमा निरन्तर बिस्तार गरि सेवालाई थप प्रभावकारि र स्तरिय बनाउदै कम्पनीका बीमित अभिकर्ता तथा कर्मचारीहरूलाई निरन्तर लाभ र सकारात्मक ऊर्जा प्रदान गर्नेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस