प्रतिनिधिसभामा बजेटमाथिको छलफल जारी रहने

  • अनलाइन केन्द्र
  • / अन्य /
  • २०८२ अषाढ ८, आईतबार (४ घण्टा अघि)
  • ४८ पटक पढिएको
प्रतिनिधिसभामा बजेटमाथिको छलफल जारी रहने

असार ८, काठमाडौं । प्रतिनिधिसभा बैठक बस्दै छ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा आज बिहान ११ बजे बस्ने बैठकमा विनियोजन विधेयक, २०८२ का विभिन्न शीर्षकमाथिको छलफल जारी रहने सम्भावित कार्यसूची छ ।

बैठकमा युवा तथा खेलकुद, महिला बालबालिका तथा ज्येष्ठ नागरिक, अर्थ, सहरी विकास र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपतिको कार्यालय र उपराष्ट्रपतिको कार्यालयको विनियोजनमाथि छलफल गरिनेछ । सांसदहरूले खर्च कटौतीको प्रस्ताव समेत पेस गर्नेछन् ।

सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त पत्रको व्यहोरा पढेर सुनाउनेछन् । उनले प्रतिनिधिसभाअन्तर्गतको विषयगत समितिहरूमा सदस्यहरूको नाम हेरफेर गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

रास्वपा र राप्रपाले विनियोजन विधेयकमाथिको छलफल बहिस्कार गर्दै आएका छन् । गृहमन्त्रीको राजीनामा र भिजिट भिसा प्रकरण छानबिनको माग गर्दै उनीहरुले संसदमा विरोध जनाउँदै आएका हुन् ।

रास्वपाले संसदमा विरोधको स्वरुप नयाँ शैली अपनाएको छ । रास्वपाका सांसदहरुले सत्तापक्षका सांसद बोल्न थालेपछि रास्वपाका सांसदहरू बैठक कक्षबाट बाहिरिने तर विपक्षी सांसदहरूको धारणा राख्ने पालो सुरु भएलगत्तै पुनः बैठकमा पुग्ने गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस