बजेटमा सत्तारुढ दलकै सांसदहरुको असन्तुष्टि, मन्त्रीहरुको क्षेत्रमा खन्याएको आरोप

  • अनलाइन केन्द्र
  • / अन्य /
  • २०८२ अषाढ ८, आईतबार (६ घण्टा अघि)
  • ५० पटक पढिएको
बजेटमा सत्तारुढ दलकै सांसदहरुको असन्तुष्टि, मन्त्रीहरुको क्षेत्रमा खन्याएको आरोप

असार ८, काठमाडौं । सरकारले संसद्मा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटलाई लिएर सत्तारुढ दलहरु नै असन्तुष्ट बनेका छन् । संसद भवन नयाँ बानेश्वरमा जारी विनियोजन विधेयक, २०८२ को मन्त्रालयगत शिर्षकहरु माथिको छलफलका क्रममा सत्तारुढ दलका सांसदहरुले आफ्नो क्षेत्रमा मात्रै बजेट पुर्याएको भन्दै तिब्र असन्तुष्टि पोखेका हुन् ।

प्रतिनिधिसभा बैठकमा बोल्दै कांग्रेस सांसद पूर्णबहादुर तामाङले उपप्रधानमन्त्री प्रकाशमान सिंह र अर्थमन्त्री विष्णु पौडेलमाथि आक्रोश पोखेका छन् । सिंह र पौडेल दुवैलाई लक्षित गर्दै तामाङले यस्तै पाराले देश अगाडी नबढ्ने बताउँदै अगामी निर्वाचनमा संसद्मा नआऊन् भनेर प्रार्थना समेत गरे ।

सहरी विकास मन्त्री सिंहले काठमाडौंमा मात्रै २०७ वटा योजना र अर्थमन्त्री पौडेलले रुपन्देहीमा ७९ वटा योजना पारेको तामाङको आरोप छ । बाँकी जिल्लाहरूलाई बेवास्ता गरिएको भन्दै उनले बजेट वितरणमा गम्भीर असन्तुलन देखिएको बताए ।

सत्तारुढ दलकै अर्का सांसद सुर्य थापाले पनि बजेट बितरणमा असन्तुष्टि पोख्दै ७५ करोडमा गणेशमान सिंहको सम्मान साट्नु दुर्भाग्य भएको बताए । उनले विभिन्न ठाउँका वडा कार्यलयहरु विपतमा परेर पहिरोमा पुरिएर क्षतिग्रस्त भएपनि ती बनाउन बजेट विनियोजन नभएको तर गणेशमानको नाम जोडिएका योजनाहरू बजेटमा पारेको भन्दै सच्याउन माग गरे ।

यस्तै कांग्रेस नेता अर्जुननरसिंह केसीले पनि बजेटको आलोचना गर्दै यसले समानुपातिक विकासको भावना मार्ने टिप्पणी गरे । यसअघि शुक्रबार सांसद दीपक गिरीले पनि सरकारका मन्त्रीहरूकै कामप्रति गम्भीर आपत्ति जनाएका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस