पार्टीले कारबाहि गर्ने कुरा हाँस्यास्पद : प्रदेश सरकारका बारेमा थप कदम चाल्ने ओलीको चेतावनी !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ पौष ९, बिहिबार (४ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

पुस ९, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेशमा पनि सरकार परिवर्तनको चलखेल भए थप कदम चाल्ने बताएका छन् । बुधबार योहो टेलिभिजनमा दिएको अन्तर्वार्तामा ओलीले प्रतिनिधिसभा विघटनसम्बन्धी आफूले चालेको कदम वैध भएको दावी पनि गरेका छन् । उनले अव चुनाको माहोल बनेकाले मिलेर जान पनि आह्वान गरे । प्रदेशमा अविश्वासको प्रस्ताव आउन सक्ने सम्भावना देखिएको हो भन्ने प्रश्नमा ओलीले भने, ‘उहाँहरुले प्रदेशमा पनि कदम चाल्नुभयो भने मैले थप कदम चाल्नुपर्ने हुन्छ ।’

ओलीले आफूलाई प्रचण्डले पार्टीमा कारवाही गर्नु भनेको निकै हाँस्यास्पद भएको समेत बताएका छन् । प्रधानमन्त्री ओलीले आफूलाई कसले कहाँबाट निकाल्छ भन्ने कुराको कुनै मतलब नभएको दाबी गरेका छन्। ओलीले अहिले नेकपामा आएको विवादमा आफ्नो माधवकुमार नेपाल, झलनाथ खनाल लगायतसँग कुनै गुनासो नभएको स्पष्ट पारेका छन् । उनले अहिलेको विभाजन पनि नेपाल खनालसँग नभएर प्रचण्डसँग भएको बताएका हुन् । पार्टीभित्रको अहिलेको कलह प्रचण्ड माधव समूहको पद र प्रतिष्ठाको उपज भएको उनले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस