पुस ९, काठमाण्डौ । प्रतिनिधिसभा विघटनपछि समानन्तर बैठक थालेका सत्तारूढ नेकपाका ओली र दाहाल नेपाल समूहको आज अलगअलग केन्द्रीय कमिटी बैठक बस्दैछ । प्रतिनिधिसभा विघटनपछि गत मंगलबार पहिलो पटक समानन्तररूपमा केन्द्रीय कमिटी बैठक बसेको दुबै समूहले आजको बैठकमार्फत सचिवालय सदस्य हेरफेरको तयारी गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली समूहले दिउँसो साढे १२ बजे बालुवाटारमा डाकेको बैठकमा सचिवालय सदस्यहरूको संख्या थप्ने, चुनावी तयारी तथा अर्को समूहले सरकारलाई पारेको अप्ठेरोको भण्डाफोर गर्न गाउँतहस्म कार्यकर्ता खटाउने विषयमा ओलीले निर्देशन दिने तयारी गरेको एक सदस्यले जानकारी दिए ।