पुस ९, काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टी नेकपाको पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षको महासचिवमा सुरेन्द्र पाण्डे चयन हुने भएका छन् ।
केन्द्रीय समिति बैठकअघि बसेको शीर्ष नेताहरुले महासचिवमा पाण्डेलाई चयन गर्ने निर्णय गरेका हुन् । शीर्ष नेताको यो निर्णयलाई आजै बबरमहलमा बस्ने केन्द्रीय समितिको बैठकले अनुमोदन गर्ने नेकपा स्रोतले जनाएको छ ।