पुस ९, काठमाण्डौ । नेपाली काँग्रेस केन्द्रीय समितिको बैठक आज पनि जारी रहने भएको छ । आजको बैठकले संसद विघटनविरुद्ध राष्ट्रिय एकता र मेलमिलाप दिवसका दिन देशव्यापी विरोध प्रदर्शन गर्ने निर्णय गर्नेछ ।
यसअघि विहीबार बसेको बैठकमा बोल्ने नेताहरुले संसद विघटनविरुद्ध सडकमा जान ढिलाइ गर्न नहुने धारणा राखेका थिए । असंवैधानिक कदम सच्याउन काँग्रेस आफ्नै बलबुताले सडकमा जानुपर्ने उनीहरुको भनाई थियो ।
प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा भंग गरेको र यो असंवैधानिक भन्दै काँग्रेसले विरोध गर्दै आएको छ । तर, यस बारेमा पार्टीका शीर्ष नेताबीचमा कुरा मिलेको छैन ।