संसद् विघटनपछि प्रमुख बिपक्षदल सक्रिय : विघटनको विरोधमा १३ गते देशभर आन्दोलन गर्ने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ पौष ९, बिहिबार (४ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

पुस ९, काठमाण्डौ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले देशभर संसद् विघटनको विरोधमा आन्दोलन गर्ने भएको छ । संसद् विघटनको विरुद्धमा देशभरका एक सय ६५ निर्वाचन क्षेत्रमै विरोधका कार्यक्रम गर्ने निर्णय भएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले उज्यालोलाई जानकारी दिए ।

केन्द्रीय कार्यालय सानेपामा अहिले पनि केन्द्रीय कार्यसमिति बैठक बसिरहेको छ । बैठकमा नेताहरूले धारणा राख्ने क्रम चलिरहेको छ । कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक मङ्गलबारदेखि सुरु भएको हो ।

 

फाईल फोटो

ताजा अपडेट

खोजी गर्नुहोस