पुस १०, काठमाडौ । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइका लागि पाँच जना न्यायाधीश रहेको संवैधानिक इजलास तोकेको छ । सो अनुसार प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, तेजबहादुर केसीको इजलासले सो मुद्दामा सुनुवाइ गर्नेछन् ।
यसअघि प्रतिनिधिसभा विघटनविरुद्ध परेका सबै १२ वटा रिटमाथि सुनुवाइ गर्दै प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले सबै रिट निवेदनलाई संवैधानिक इजलसमा पठाउने आदेश गरेका थिए ।