मदन भण्डारी फाउन्डेसनद्धारा मदन भण्डारीको शालिक तथा मदन वाटीका शिलान्यास

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७८ अषाढ २४, बिहिबार (३ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

असार २४, पोखरा । पोखरा १८ जामुनबोटमा पोखरा महानगरपालिकाले बनाएको राष्ट्रिय विभूति तथा सहिद पार्कमा मदन भण्डारी फाउन्डेसनले वृक्षरोपण तथा मदन भण्डारीको शालिक र मदन वाटीका निर्माणको कार्यको शिलान्यास गरेको छ । जननेता मदन भण्डारीको ७० औं जन्म जयन्तीका अवसरमा फाउन्डेसनले वृक्षारोपण तथा भण्डारीको पूर्ण कदको शालिक निर्माणको लागि शिलान्यास कार्यक्रम गरेको हो ।

पोखरा महानगरपालिका प्रमुख मानबहादुर जिसी र नेकपा एमालेका केन्द्रीय सदस्य भीम कार्कीले शालिकको शिलान्यास गर्नुका साथै वृक्षारोपण गरेका थिए । फाउन्डेसनले पार्क भित्र भण्डारीको पूर्णकदको शालिक निर्माण गर्नुका साथ आकर्षक वाटिका निर्माण गर्ने भएको छ ।

मदन भण्डारी फाउन्डेसन कास्कीका अध्यक्ष माधव बास्तोलाको अध्यक्षतामा भएको कार्यक्रममा महानगर प्रमुख जिसी, एमाले केन्द्रीय सदस्य कार्की, वडा नम्बर १८ का अध्यक्ष तथा पार्क व्यवस्थापन समितिका अध्यक्ष रणबहादुर थापा, फाउन्डेसनका सदस्य हिरा गिरीले जननेता मदन भण्डारीको बारेमा चर्चा गरेका थिए ।

 

ताजा अपडेट

खोजी गर्नुहोस