असार २४ ,काठमाडौँ नेकपा एमालेको एकता जोगाउन गठित कार्यदल पुनः ब्यूँतिएको छ । कार्यदलको बैठक सोमबार बेलुका ६ बजे सिंहदरबारमा बस्दैछ ।
कार्यदलमा केपी शर्मा ओलीका तर्फबाट सुवास नेम्वाङ संयोजक छन् भने सदस्यहरुमा विष्णुप्रसाद पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल छन् । वरिष्ठ नेता माधवकुमार नेपालका तर्फबाट भीम रावल संयोजक छन् भने सदस्यहरुमा सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट र रघुजी पन्त छन् ।
तर अनौपचारिक संवाद भने कायमै थियो । अनौपचारिक संवाद चलिरहेका बेला औपचारिक बैठक बोलाइएको हो ।