लुम्बिनी प्रदेश राजधानी कार्यान्वयन

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७८ अषाढ २४, बिहिबार (३ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

असार २४,बुटवल । लुम्बिनी प्रदेशको ग्रामीण तथा शहरी विकास मन्त्रालयले स्थायी राजधानी राप्ती उपत्यकाको लालमटियाबाट आजदेखि कामकाज शुरु गरेको छ । मन्त्रालयको कार्य शुभारम्भ गर्न आयोजित कार्यक्रमलाई टेलिफोनबाट सम्बोधन गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले प्रदेश राजधानी कार्यान्वयन र व्यवस्थित गर्ने कार्य अझ प्रभावकारी हुने बताए ।

स्थायी राजधानीमा मन्त्रालय सर्ने कार्य शुरु भएको भन्दै मुख्यमन्त्री पोखरेलले प्रदेशको हिउँदे अधिवेशन पनि यसै क्षेत्रबाट शुरु हुने बताए । कार्यक्रमलाई सम्बोधन गर्दै आर्थिक मामला तथा योजनामन्त्री वैजनाथ चौधरीले संरचनाको काम नसकिँदै एउटा मन्त्रालय भए पनि आउनु राजधानी कार्यान्वयनको जिम्मेवारी छिट्टै पूरा गर्नु भएको बताए ।

ग्रामीण तथा शहरी विकासमन्त्री हरिप्रसाद रिजालले मन्त्रालयले स्थायी राजधानीबाट काम शुरु गर्नु ऐतिहासिक भएको बताए । मन्त्रालयका सचिव महेशचन्द्र न्यौपानेले राजधानी व्यवस्थापनको काम अझै प्रभावकारी र द्रुत गतिमा हुने र राजधानी कार्यान्वयनका लागि प्रदेश सरकारले गरेका कार्य महत्वपूर्ण रहेको बताए । मन्त्री रिजालले आजैदेखि मन्त्रालयबाट काम शुरु गरेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस