असार २५, काठमाडौ । नेकपा एमालेको विवाद समाधान कार्यदलको बैठक आज पनि बस्ने भएको छ । बिहान साढे ११ बजे अर्थ मन्त्रालयमा बैठक बस्ने तय भएको नेता सुवास नेम्वाङले जानकारी दिए । एमाले भित्रको विवाद मिलाउन गठन भएको कार्यदलको प्रगति विगत १० दिन देखि शून्य अवस्थामा रहेको खुलासा भएका बेला फेरि बैठक बस्न लागेको हो ।
बिहीबार बिहान बसेको बैठकपछि बाहिरिने क्रममा वार्तामा रहेका नेताहरुले बेलुका सहमति हुने भनेर पत्रकारहरुलाई सकारात्मक संदेश दिएका थिए । तर बिहीबार बेलुका बसेको बैठक औपचारिक रुपमा नबसी सकिएपछि बाहिरिने क्रममा नेता घनश्याम भुसालले १० दिन यता कुनै प्रगति नभएको खुलासा गरेका हुन् ।