असार २६, काठमाडौ । नेकपा एमालेमा विवाद समाधानका लागि गठित कार्यदलले विवादित विषयमा सहमतिको अन्तिम मस्यौदा तयार गरेको छ । कार्यदलले तयार गरेको सहमतिको खाकालाई भाषिक परिमार्जन गरेर शनिबार सार्वजनिक गरिने एमालेका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिए ।
कार्यदलका सदस्य ज्ञवालीले हिजोको छलफल निकै सौहार्द र सघनरुपमा भएको बताए पनि उक्त खाकाका विषयवस्तुबारे थप खुलाएनन् । उनले पार्टीमा एकता कायम गर्ने विषय टुंगोमा पुगेको बताए ।
त्यस्तै एमाले नेता गोकर्ण बिष्टले लामो छलफलपछि धेरै विषयमा सहमति जुटेको बताए । उनले केही विषयमा शनिबार छलफल हुने बताए । उनले लगभग सहमतिमा पुगेको जानकारी दिए ।