सन् २०२१ भित्र सबैजसो नागरिकलाई खोप : प्रधानमन्त्री

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ अषाढ २७, आईतबार (३ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

असार २७ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सन् २०२१ भित्र सबैजसो नागरिकलाई कोरोना भाइरसविरुद्धको खोप लगाइसक्ने बताए । आइतबार काठमाडौंको वीर अस्पतालको नवनिर्मित सर्जिकल भवनको उद्घाटन गर्दै उनले खोप अभावमा कोही तड्पिन नपर्ने बताए ।

‘२०२१ भित्रमा भ्याक्सिन लगाइसक्ने गरी हामी प्रयास गरिरहेका छौं, केही समस्या आइपरेमा त्यो भन्दा पर पनि जान सक्छ’ उनले भने, ‘तर भ्याक्सिनको अभावबाट अब तड्पिन पर्दैन ।’

प्रधानमन्त्री ओलीले विगतमा केही समय कोरोना खोप अभाव हुने स्थिति देखिए पनि अब लगातार खोप आउने बताए । ‘हामी सबै नागरिकलाई खोप लगाएर सुरक्षित राख्न सक्छौं, तर जबसम्म संसारबाट कोभिड-१९ समाप्त हुँदैन, हामी सजग हुनुपर्छ ।’

कोरोना खोप ल्याउनका लागि सरकारले नयाँ नयाँ सम्झौता गरिरहेको र त्यसका लागि संवाद गरिरहेको पनि प्रधानमन्त्री ओलीले बताए ।

 

ताजा अपडेट

खोजी गर्नुहोस