सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनःस्थापनाको पक्षमा फैसला !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ अषाढ २८, सोमबार (३ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

असार २८, काठमाडौ । सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनःस्थापनाको पक्षमा फैसला गरेको छ । आज संवैधानिक इजलासले प्रतिनिधि सभा विघटनको कदमलाई असंवैधानिक ठहर गर्दै पुनः स्थापनाको पक्षमा फैसला गरेको हो । सर्वोच्च अदालतका प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबरासहित न्यायाधीशहरु दिपक कुमार कार्की, मीरा खण्डका, आनन्दमोहन भट्टराई र ईश्वरीप्रसाद खतिवडाको संवैधानिक इजलासले यस्तो फैसला गरेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटनको कदम चालेका थिए । मन्त्रिपरिषद्ले निर्णय गरी चुनवाको मिति सहित तोक्न गरेको सिफारिशलाई राष्ट्रपति विद्यादेवी भण्डारीले ७ जेठमा सदर गरेकी थिइन् । यसअघि ५ पौष २०७७ मा पनि प्रतिनिधि सभा विघटनको कदम चालेका ओलीको विपक्षमा ११ फागुन २०७७ मा फैसला आएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस