सर्वोच्चको फैसला गलत भए पनि स्वीकार गर्ने : सुवास नेम्वाङ

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ अषाढ २८, सोमबार (३ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

असार २८ काठमाडौँ । नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको फैसला गलत भए पनि स्वीकार गर्ने बताएका छन् । नेकपा एमाले संविधान, लोकतान्त्रिक मूल्य र मान्यता मान्ने शक्ति भएकाले अदालतको फैसला मान्ने नेम्वाङले बताए ।

‘यो फैसला प्रति सहमत हुन सक्ने ठाउँ देखिदैन । तर यति हुँदाहुँदै पनि कानूनको शासन र लोकतन्त्रमा विश्वास गर्ने शक्ति भएको कारण सर्वोच्च अदालतको यो गलत निर्णयलाई हामी मान्छौं’, नेम्वाङले भने । उनले संविधान, लोकतान्त्रिक मूल्य र मान्यता वमोजिम निरन्तर संघर्षमा जाने पनि बताए ।

अदालतको फैसलाले गम्भीर प्रश्न उठ्ने स्थिति आएको नेम्वाङले बताए । संविधान, संवैधानिक अभ्यास र संसदीय प्रश्नहरु माथि समेत प्रश्न उठ्नेगरी फैसला आएको उनले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस