‘ओलीको कठपुतली बन्ने राष्ट्रपतिलाई महाअभियोग लगाउनुपर्छ’ : विवेकशील साझा

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ अषाढ २८, सोमबार (३ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

असार २८,काठमाडौँ । विवेकशील साझा पार्टीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई महाअभियोग लगाउनुपर्ने प्रस्ताव गरेको छ । सर्वोच्च अदालतले विघटित संसद पुनःस्थापित गर्ने निर्णयको स्वागत गर्दै राष्ट्रपति भण्डारीलाई महाअभियोग लगाउनुपर्ने प्रस्ताव गरेको हो ।

सर्वोच्चको फैसला लगत्तै सो पार्टीका प्रवक्ता शरदराज पाठकद्वारा जारी विज्ञप्तिमा भनिएको छः ‘पछिल्लो समयमा निरन्तर प्रधानमन्त्री ओलीको कठपुतली बनेर राष्ट्रपति भण्डारीले संविधानमाथिको मनपरीलाई जसरी साथ दिँदै आएकी छिन्, त्यसलाई मध्यनजर गर्दा पुन स्थापित संसद्ले उनीमाथि महाअभियोग लगाउनुपर्छ भन्ने विवेकशील साझा पार्टीको ठहर छ।’

विज्ञप्तिमा अदालतको फैसलाले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीलाई संवैधानिक अनुशासनमा बाँधिदिएको समेत बताएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस