एमाले अध्यक्ष ओली र विप्लव समूहका नेताहरुबीच बालकोटमा भेटवार्ता

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ श्रावण ५, मंगलबार (३ साल अघि)
  • २४ पटक पढिएको
Post Thumbnail

साउन ५, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेत्रविक्रम चन्द (विप्लव) समूहको नेकपाका नेताहरुबीच भेटवार्ता भएको छ ।

भेटका लागि महासचिव नेत्रविक्रम चन्द विप्लव, खड्गबहादुर विश्वकर्मा प्रकाण्ड र धमेन्द्र बस्तोला ओली निवास बालकोट पुगेका थिए ।भेटमा सहभागी एमाले नेता राजन भट्टराईका अनुसार विप्लव समूहका नेताहरुले हिजो जे सहमति गरेर आएका हौं, त्यसअनुसार नै अगाडि बढ्न चाहन्छौं भनेका थिए ।

उनीहरुले १ फागुन २०७७ मा सरकारसँग भएको तीनबुँदे सहमति कार्यान्वयनमा ढिला भएको गुनासो गरेका थिए। ‘कानूनी जटिलता थिए, त्यो फुकाउने क्रममा अगाडि बढ्दै जाँदा समय नपुगेको हो । अन्यथा लिनु हुँदैन भन्यौं’ एमाले नेता भट्टराईले भने ।

अध्यक्ष ओलीले पनि सरकार भए पनि विपक्षमा रहे पनि सहमतिबारे आफ्नो धारणा एक रहने बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस