पदाधिकारी र कार्यविभाजन जसपामा फेरिने, महन्थसहित १७ जना निष्कासित !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ श्रावण १३, बुधबार (३ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

साउन १३, काठमाडौ । निर्वाचन आयोगले गराएको सनाखतसँगै जनता समाजवादी पार्टी जसपा अब वैधानिक रुपमा ३४ सदस्यीय केन्द्रीय कार्यकारिणी सदस्यको पार्टी बनेको छ । साथै महन्थ ठाकुरसहित १७ जना सदस्यहरु निश्कासित भएका छन् ।

सोमबार आयोगले हेड काउन्टुका आधारमा उपेन्द्र यादव पक्षलाई वैधानिकता घोषणा गरिदिएपछि अल्पमतमा परेका ठाकुर पक्षधर स्वत निश्कासनमा परेका हुन् । उनीहरुसँगै कारागारमा रहेका रेशम चौधरी पनि निश्कासनमा परेका छन् । चौधरी भने तटस्थ बसेका थिए । चौधरी सहित महन्थ पक्षधर १६ जनालाई जसपाले निश्कासन गरेको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस