साउन २१, काठमाडौं । नेकपा एमालेको माधव नेपाल पक्षको केन्द्रीय कमिटी बैठक बुद्धनगरस्थित क्वालिटी बैंक्वेटमा सुरु भएको छ ।
बैठकमा सहभागी हुनका लागि देशभरबाट माधव नेपाल पक्षीय नेताहरु आएका छन् । केन्द्रीय कमिटी बैठकअघि स्थायी कमिटी बैठक बसेको थियो ।
स्थायी कमिटी बैठकले केन्द्रीय कमिटी बैठकको एजेण्डा तय गरेको बताइएको छ । आजको बैठकबाट एमाले विभाजन हुने नहुनेबारे अन्तिम टुंगो लाग्ने एमाले नेताहरुको भनाइ छ ।