साउन २१, काठमाडौं । नेकपा एमालेको माधव नेपाल पक्षीय केन्द्रीय समिति बैठकमा सुरेन्द्र पाण्डे र योगेश भट्टराई अनुपस्थित भएका छन् भने नेता भीम रावल उपस्थित भएका छन्।
यस्तै नेता भीम रावल उपस्थित हुँदा केपी ओली निकट मानिए पनि शेरबहादुर देउवालाई विश्वासको मत दिँदा माधव नेपाल पक्षमा उभिएका प्रेम आले पनि बैठकमा सहभागी भएका छन् ।
नेपाल समूह निकट मानिने पाण्डे र भट्टराई कोरोनाको कन्ट्याक्ट ट्रेसिङमा परेका कारण उनीहरु बैठकमा सहभागी नभएको दावी गरिएको छ । माधव नेपालको सचिवालयले पाण्डेको पीएसओलाई कोरोना संक्रमण भएको र योगेशको पनि आफन्तलाई संक्रमण देखिएपछि कन्ट्याक्ट ट्रेसिङमा परेको दावी गरेको हो ।