कांग्रेसको बैठक बुढानीलकण्ठमा जारी

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७८ श्रावण २२, शुक्रबार (३ साल अघि)
  • १२ पटक पढिएको
Post Thumbnail

साउन २२ काठमाडौं। नेपाली कांग्रेसका शीर्ष नेताहरुको बैठक बुढानीलकण्ठमा बसिरहेको छ। क्रियाशील सदस्यता विवाद र महाधिवेशनको नयाँ कार्यतालिकाको विषयमा छलफल गर्न आज बैठक बसिरहेको हो।

सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा शीर्ष नेताहरुको बैठक बसिरहेको हो। विवादित स्थानका क्रियाशील सदस्यताका विषय आजसम्म टुंगो लगाउने यसअघि निर्णय भएको थियो।

वरिष्ठ नेता रामचन्द्र पौडेलले समयमा महाधिवेशन गर्न नसकिने अवस्थामा केही समयका लागि विशेष महाधिवेशन गर्न सकिने विकल्प अघि सारेका छन्।

नवीकरण र अन्य दलबाट आएकाहरुको समायोजन गर्दा अपनाइएको विधिमा पार्टी भित्र विवाद छ। बारा र सप्तरीको क्रियाशील सदस्यता इन्ट्री नै हुन सकेको छैन। सर्लाही र धनुषामा नवीकरणको विवाद छ।

सिन्धुपाल्चोक र रसुवामा समायोजन भएर बनेका क्रियाशील सदस्यको टुंगो लाग्न सकेको छैन।

ताजा अपडेट

खोजी गर्नुहोस