जेठ १०, काठमाण्डौ । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आउँदो मंसिरभित्रै प्रदेश र प्रतिनिधिसभाको निर्वाचन हुने बताएका छन् ।
आज एकीकृत समाजवादी मकवानपुरले हेटौंडा उपमहानगरपालिकामा निर्वाचित जनप्रतिनिधिलाई बधाई तथा मतदातालाई धन्यवाद ज्ञापन कार्यक्रममा नेपालले मंसिरभित्र प्रदेश र प्रतिनिधिसभाको निर्वाचन हुने बताएका हुन् । उनले मकवानपुरको दुईवटा संघीय क्षेत्र र ४ वटा प्रदेशसभा सदस्यको निर्वाचन जित्ने गरी पार्टीको कामहरू अघि बढाउन कार्यकर्तालाई निर्देशन दिए ।