‘देशलाई एमालेले मात्र समृद्ध बनाउन सक्छ’ : अध्यक्ष ओली

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ कार्तिक २८, सोमबार (२ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

कार्तिक २८, काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष ओलीले देशलाई एमालेले मात्र समृद्ध बनाउन सक्ने बताएका छन् । दैलेखको जम्बुकाँधमा आयोजित चुनावीसभामा उनले यसपटकको निर्वाचनले देशको भविष्यको फैसला गर्ने भएकाले राष्ट्रियता, स्वाधीनता, स्वतन्त्रता, भौगोलिक अखण्डतार राष्ट्रिय हितको संरक्षण गरी देशको गौरव बढाउने एमालेलाई विजयी गराउन मतदातासमक्ष आग्रह गरे ।

दैलेखमा ज्वालामुखी अनुसन्धान आफूले नै गराएको दाबी गर्दै उनले भने, “पानीमा ज्वाला बलेको उहिल्यै सबैले देखेका थिए तर म आएर हेरेर अनुसन्धान गरौँ भनेर अनुसन्धान गराइयो, उत्खनन पक्कै हुन्छ ।”

विसं २०५१ मा एमालेको सरकारले ल्याएको ‘आफ्नो गाउँ आफैँ बनाऔँ’ भन्ने कार्यक्रमबाट भएको गाउँ विकासबाहेक खासै परिवर्तन भएको छैन भन्दै उनले त्यतिबेला एमाले सरकारले गाउँको विकासको सुरुआत गरेको बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस