प्रदेशसभातर्फ एक सय दुई सिट जित्दै कांग्रेस पहिलो !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ मंसिर १०, शनिबार (२ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

मंसिर १०, काठमाण्डौ । पछिल्लो मतणनाअनुसार प्रदेशसभातर्फ पनि कांग्रेस अघि छ । हालसम्म सार्वजनिक तीन सय तीन सिटमध्ये कांग्रेस एक सय दुई, एमाले ८३ र माओवादी ५२ सिटसहित तेस्रो स्थानमा छ । जारी मतगणनाअनुसार कांग्रेस पाँच, एमाले ६ स्थानमा अगाडि छ । यस्तै, एकीकृत समाजवादीले १३ क्षेत्रमा जित निकालेको छ भने एक स्थानमा अग्रता कायम गरिरहेको छ । १२ क्षेत्रमा स्वतन्त्र र बागीले जितेका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीले ११ सिट जितेको छ ।

जसपा र लोसपाले नौ–नौ सिट जित्दा जसपा दुई क्षेत्रमा अगाडि छ । यता, जनमत पार्टीले सात सिट जित्दा नागरिक उन्मुक्ति पार्टीले पाँच सिटमा जित हासिल गरेको छ । प्रदेशसभामा प्रत्यक्षफर्त कूल तीन सय ३० सिट छ भने समानुपातिक तर्फ दुई सय २० सिट छ ।

ताजा अपडेट

खोजी गर्नुहोस