संसद्को अबरोध हटाउने शीर्ष तहमा सहमति, प्रधानमन्त्रीले प्रष्टीकरण दिने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० अषाढ २४, आईतबार (१ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

असार २४, काठमाडौँ । संसद्को गतिरोध अन्त्य हुने भएको छ । प्रधानमन्त्री पुष्पकमल कमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी दलका नेता केपी ओलीसँग छलफल गरेपछि संसद्को अवरोध खुल्ने भएको हो ।

तीन नेताको छलफलपछि संसद्को गतिरोध अन्त्य भएको कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए। आज दिउँसो १ बजेका लागि डाकिएको प्रतिनिधिसभाको बैठक प्रधानमन्त्रीको आग्रहमा ३ बजेका लागि सारिएको थियो । प्रधानमन्त्रीको राजीनामा माग गर्दै एमालेले बुधबारबाट संसद् अवरुद्ध गर्दै आएको छ । प्रधानमन्त्री प्रचण्डले एक कार्यक्रममा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै एमालेले राजीनामा माग गरेको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस